Devdaha Tv | समाचार
मंसिर २३ २०७८ | 2021 Dec 09
Flash News

रुपन्देहीमा करिब ६ करोडको अवैध सामान बरामद

1 month ago
रुपन्देहीमा-करिब-६-करोडको-अवैध-सामान-बरामद

वैशाख ४ । रुपन्देहीमा बैशाख यता करिब ६ करोड बराबरको अवैध सामान बरामद भएको छ । बैशाख देखि कार्तिक ४ गते सम्म ५ करोड ९६ लाख ८ हजार ४ सय ३७ रुपैयाँ बराबरको चोरी, तस्करी लगायतका समान बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दका अनुसार बैशाख महिनामा १ करोड ४ लाख ३ हजार ४ सय १२ रुपैयाँ बराबरको चोरी तस्करीको समान बरामद भएको थियो । यस्तै जेठमा १२ लाख ७३ हजार ८ सय ८०, असारमा १ करोड ५ लाख २९ हजार ६ सय ९६, साउनमा १ करोड २४ लाख ९६ हजार ८ सय ९०, भदैमा ८५ लाख ४ हजार २ सय ८९, असोजमा १ करोड ४४ लाख २ हजार १ सय १० र कार्तिकमा ४ गते सम्म १९ लाख ९८ हजार १ सय ६० हजार बराबरको चोरी, तस्करी लगायतको समान बरामद भएको सहायक प्रवक्ता चन्द्रले बताए ।  

Recent News