Devdaha Tv | अन्तर्राष्ट्रिय
मंसिर २३ २०७८ | 2021 Dec 09
Flash News

कोरोना महामारी अझै एक वर्ष लम्बिने विज्ञहरुको घोषणा

1 month ago
कोरोना-महामारी-अझै-एक-वर्ष-लम्बिने-विज्ञहरुको-घोषणा

कार्तिक ४ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोनाभाइरसको महामारी अझै कम्तिमा एक वर्ष रहने जनाएको छ । संगठनका वरिष्ठ अधिकारी डाक्टर ब्रुस आयलवार्डले कोरोना महामारी आशा गरिएको समय भन्दा निकै ढिलो सम्म रही रहने चेतावनी दिएका हुन । विश्वमा कोरोना विरुद्धको खोपको असमान वितरण नैं महामारी नियन्त्रणको मुख्य चुनौती बनेको उनको भनाई छ । डब्लुएचओका अनुसार अफ्रिकी महादेशमा अहिले ५ प्रतिशतले मात्रै कोरोना विरुद्धको खोप पाएका छन । जबकी अन्य महादेशमा यो संख्या कम्तिमा ४० प्रतिशत माथि छ । यसको अर्थ सन २०२२ भर पनि विश्वमा कोरोना महामारी रहिरहने देखिएको छ । विश्वका सम्पन्न तथा खोप उत्पादनमा अगाडी रहेका मुलुकहरुले गरिब देशहरुमा खोपको आपुर्ती नबढाउने हो भने कोरोना भाइरस माथि जित हात पार्न नसकिने पनि डब्लुएचओको भनाई छ ।

Recent News