Devdaha Tv | समाचार
कार्तिक ६ २०७८ | 2021 Oct 23
Flash News

चाडवाडमा प्रहरी सक्रियता वढ्यो : एघार लाख मुल्य बराबरको अवैध सामाग्री बरामद

1 week ago
चाडवाडमा-प्रहरी-सक्रियता-वढ्यो-:-एघार-लाख-मुल्य-बराबरको-अवैध-सामाग्री-बरामद

असोज २५ । रुपन्देही प्रहरीले चाडवाडको सयमा हुने अवैध सामाग्री ओसारपसार नियन्त्रण गर्न सक्रियता वढाएको छ । रुपन्देहीका विभिन्न प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल सहित ११ लाख ९१ हजार २ सय ५० रुपैयाँ मुल्य बराबरको अबैध सामान बरामद गरी भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्य नारायण थापाले जानकारी दिनु भयो । प्रहरीले विभिन्न परिमाणको खाद्य सामाग्री लत्ताकपडा र पटका बरामद गरेको छ । रुपन्देहीको नेपाल भारत सिमा क्षेत्रमा घर नै भाडामा लिएर अवैध सामाग्री ओसारपसार गर्ने समुह सक्रिय रहेको छ ।