Devdaha Tv | राजनीति
कार्तिक ६ २०७८ | 2021 Oct 23
Flash News

प्रदेश सरकारले मोतिपुर झडपमा ज्यान गुमाएका परिवारलाई जनही एक लाख रुपैयाँ दिने

1 week ago
प्रदेश-सरकारले-मोतिपुर-झडपमा-ज्यान-गुमाएका-परिवारलाई-जनही-एक-लाख-रुपैयाँ-दिने

असोज २५ । लुम्बिनी प्रदेश सरकारले मोतिपुर झडपमा ज्यान गुमाएका परिवारलाई जनही एक लाख रुपैयाँ दिने भएको छ । मुख्यमन्त्री कुल प्रसाद केसीको अध्यक्षतामा सोमबार बसेको सुरक्षा समितिको बैठकले मोतिपुर घटनामा ज्यान गुमाउने प्रति परिवार एक लाख रुपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक मान सिं बिश्वकर्माले जानकारी दिनु भयो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु सहभागी बैठकले घटनाको सत्य तथ्य बुझ्नका लागि साहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समस्या सामाधान तथा सुझाव समिती गठन गरीएको छ । समितीले घटनाको अध्यन गरेर प्रदेश सरकारलाई प्रतिवेदन पेश गर्नेछ ।