Devdaha Tv | राजनीति
कार्तिक ६ २०७८ | 2021 Oct 23
Flash News

सहकारीको विकासविना सम्बृद्ध मुलुक निर्माण गर्न सकिदैन : डा.न्यौपाने

1 week ago
सहकारीको-विकासविना-सम्बृद्ध-मुलुक-निर्माण-गर्न-सकिदैन-:-डा.न्यौपाने

असोज २५ । लुम्बिनी प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपानेले सहकारीको विकासविना सम्बृद्ध मुलुक निर्माण गर्न नसकिने बताउनु भएको छ । सोमबार रुपन्देहीको देवदहमा कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको १६ औँ बार्षिक साधारण सभा कार्यक्रममा बोल्दै सरकारले तिनखम्बे अर्थनिति लिएको उल्लेख गर्दै सहकारीको बिकास गर्न सके मात्रै आर्थिक विकास संम्भव भएको बताउनु भएको हो । विकासको मापदण्ड उत्पादन भएकाले उत्पादन बृद्धि गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । डा.न्यौपानेले सहकारीले तल्लो तहका जनताको आर्थिक अवस्था उकास्ने काम गरेको भन्दै प्रशंसा गर्नु भयो । उहाँले सामान्य बचत तथा ऋणको काम मात्रै नभई सामाजिक रुपान्तरणका लागि पहल गर्न सहकारीहरुलाई सुझाउनु भयो । फरक प्रसंगमा बोल्दै डा.न्यौपानेले संसारमा लुम्बिनी र देवदह एउटा मात्रै भएकाले यस क्षेत्रको बृहत्तर विकास गर्न आवश्यक रहेको बताउनु भयो । देवदह क्षेत्र प्रचुर संभावना बोकेको क्षेत्र भएकाले पर्यटन विकासमा सबै लाग्नु पर्नेमा उहाँले जोड दिनु भयो । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका पूर्व कोषाध्यक्ष केशव पोख्रेल, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका सञ्चालक सन्दिप सापकोटा, बचत संघका प्रदेश महासचिव ऋषिराम सापकोटा, दुग्ध विकास संस्थानका सञ्चालक सदस्य प्रकाश अर्याल, बचत संघकी रुपन्देही सचिव टिका गौतम र प्रदेश सरकारी बोर्डका सञ्चालक प्रकाश भट्टराईले बोल्दै सहकारी क्षेत्रलाई सरकारी क्षेत्रबाट अपेक्षाकृत सहयोग हुन नसकेको बताउनु भयो ।