Devdaha Tv | राजनीति
कार्तिक ६ २०७८ | 2021 Oct 23
Flash News

स्थानिय सरकार विकासका सबै क्षेत्रमा जोडिएको छ : खत्री

1 week ago
स्थानिय-सरकार-विकासका-सबै-क्षेत्रमा-जोडिएको-छ-:-खत्री

असोज २४ । रुपन्देहीको देवदह नगरप्रमुख हिरा बहादुर खत्रीले स्थानिय सरकार आर्थिक समाजिक र भौतिक विकासका सबै क्षेत्रमा जोडएको बताउनु भएको छ । आइतबार देवदह आर्दश बहुमुखी क्याम्पस प्राङ्गणमा निर्माण गरीएको सरस्वती मन्दिर उद्घाटन गर्दै नगरपालिका शिक्षा स्वास्थ्य खानेपानी जस्ता आधाभुत आवश्यकता परिपुर्ती गर्न लागि परेको बताउनु भयो । उहाँले नगरको विकासमा यस क्षेत्रका अगुवाहरुले पुर्याएको योगदानको प्रशंसा गर्नु भयो । उहाँले शिक्षालयमा प्रवेश गर्ने विद्यार्थीहरुले समाज रुपान्तरणको सकारात्मक सोँच राख्नु पर्नेमा जोड दिनु भयो । देवदह आदर्श बहुमुखी क्याम्पस रुपन्देही पूर्वी क्षेत्रको एक मात्रै क्याम्पस भएको उल्लेख गर्दै नगरप्रमुख खत्रीले देवदह आर्दश बहुमुखी क्याम्पसलाई नमुना क्याम्पस बनाउन तर्फ सबैले ध्यानदिनु पर्ने बताउनु भयो । देवदह उपप्रमुख विद्यालक्ष्मी गुरुङले देवदह नगरपालिकाका जनप्रतिनिधिले सम्झन लायक काम गरेको दाबी गर्नु भयो । उहाँले क्याम्पस प्राङ्गणमा मन्दिर निर्माण गर्दा ऐतिहासिक काम गरेको महसुस भएको उल्लेख गर्नु भयो । क्याम्सका अध्यक्ष धुर्ब खरेलले सामुदायिक क्याम्पसहरु आर्थिक अभावमा सञ्चालन गर्नु पर्ने बाध्यता रहेको दुखेसो गर्नु भयो । उहाँले राज्यस्तरबाट अपेक्षाकृत सहयोग हुन नसकेको भन्दै सहयोगका लागि अपिल गर्नु भयो । देवदह आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मित्रलाल न्यौपानेले क्याम्पसमा स्नातकोत्तर तह सञ्चालनको तयारी थालिएको जानकारी दिनु भयो । भौतिक संरचना निर्माण कार्य चलिरहेकाले भौतिक संरचना निर्माण सम्पन्न गर्न सके आगामी शैक्षिकसत्र देखि स्नातकोत्तर तह सञ्चालनमा ल्याउने उहाँले बताउनु भयो । क्याम्पस सञ्चालक समिती सदस्य बासुदेव रिमालले क्याम्पस सञ्चालनमा सबै क्षेत्रको सहयोग रहेको बताउनु भयो ।