Devdaha Tv | समाचार
कार्तिक ६ २०७८ | 2021 Oct 23
Flash News

अपांगता युवाहरुको लागि निर्वाचनमा पहुँच पुर्याउनु पर्नेमा सरोकारवालाको जोड

1 week ago
अपांगता-युवाहरुको-लागि-निर्वाचनमा-पहुँच-पुर्याउनु-पर्नेमा-सरोकारवालाको-जोड

असोज २४ । अपांगता भएका युवाहरुको निर्वाचनमा पहुँच पुर्याउन पहल गर्नुपर्ने सरोकारवालाले बताएका छन । अपांगता भएका युवाहरुको राजनितीक पहुँच विषयक कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिीनी प्रदेशका महासचिव विक्रम खड्काले पहुँचयुक्त निर्वाचन र समावेशी सहभागीताका लागि सञ्चार माध्यमसंगै सबैले दबाब दिनुपर्ने बताउनुभयो । बुटवल टुडेका वरिष्ठ संवाददाता कृष्ण खनालले अपांगता भएका व्यक्तीहरुका लागि धेरै अवरोध भएको भन्दै अवरोध हटाउदै अघि बढ्नुपर्ने चुनौती रहेको बताउनुभयो । नेत्रहिन युवासंघ नेपाल, आइफेक्स नेपाल ,युएसएआएडीको साझेदारीमा सञ्चालित सो कार्यशालामा आइफेक्स प्रतिनिधि सम्हिता मल्लले अपांगता भएका व्यक्तीहरुका लागि पहुँचयुत्तः निर्वाचन प्रतिक्रियामा सहज सहभागिताका लागि आफुहरुले काम गरिरहेको जानिकारी गराउनुभयो । उहाँले माई भोट माई फिउचर अभियान मार्फत अपांगता भएका युवाहरुको राजनैतिक पहँुच अभिवृद्धिका लागि ११ महिना सम्म सञ्चालन हुने परियोजनाले काम गर्ने बताउनुभयो । असोज १९, २० भैरहवा २२ र २३ गते बुटवलमा आयोजना भएको कार्यक्रममा रुपन्देहीका विभिन्न पालिकाका २४ जना अपांगता भएका युवाको सहभागिता रहेको थियो । कोरोना संक्रमण जोखिम भएका कारण बुटवल र भैरहवामा १२ र १२ जना सहभागी राखी कार्यशाला राखिएको परियोजनाका फिल्ड अधिकृत अस्मिता क्षेत्रीले जानकारी गराउनुभयो । नेत्रहिन युवासंघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलको अध्यक्षता , संस्थाका उपाध्यक्ष जीवन पोख्रेलको स्वागत मन्तव्य  रहेको कार्यशालामा परियोजनाका प्रोमोटर टिकाराम घिमिरे र लक्ष्मी पाण्डेले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा लोकतन्त्र र लोकतन्त्रका तत्व , नेतृत्व, जनप्रतिनिधि , अधिकार र कर्तव्यका बारेमा सहजिकरण गरिएको थियो ।