Devdaha Tv | राजनीति
कार्तिक ६ २०७८ | 2021 Oct 23
Flash News

औद्योगिक विकास विना सम्बृद्धि संम्भव छैन : केसी

1 week ago
औद्योगिक-विकास-विना-सम्बृद्धि-संम्भव-छैन-:-केसी

असोज २३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले औद्योगिक विकास विना सम्बृद्धि संम्भव नभएको बताएका छन । शनिबार उद्योग व्यापार संगठन तिलोत्तमाको ७ आँै साधरण सभा एवम चौथो अधिवशेन कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले प्रदेश सरकार निजि क्षेत्र संग सहकार्य गरेर अघि वढ्ने बताए । उनले वर्तमान सरकार लागानी मैत्री वातावरण निर्माण गर्न लागि परेको उल्लेख गर्दै उत्पादन क्षेत्रमा लगानी गर्न उद्योगी व्यापारीहरुलाई आह्वान गरे । उत्पादन नवढाए सम्म आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न नसकिने भएकाले प्रदेश सरकारको ध्यान उत्पादन र बजारीकरणलाई कसरी सहज बनाउने भन्ने तर्फ केन्द्रित भएको उनको भनाई थियो ।