Devdaha Tv | राजनीति
कार्तिक ६ २०७८ | 2021 Oct 23
Flash News

संघर्षशिल महिलाहरूको कथामा आधारित पुस्तक पौरखी पात्र विमोचन

2 weeks ago
संघर्षशिल-महिलाहरूको-कथामा-आधारित-पुस्तक-पौरखी-पात्र-विमोचन

असोज २२ । संघर्षशिल महिलाहरूको कथामा आधारित पुस्तक पौरखी पात्र विमोचन गरिएको छ । शुक्रबार देवदहमा राष्ट्रिय सभा सदस्य विमला देवी घिमिरेले पुस्तक विमोचन गरेकी हुन । दल बहादुर गुरूङ र माधव कुमार पौडेलद्वारा लिखित पुस्तकमा रूपन्देही, कपिलवस्तु र पाल्पाका ३७ जना महिलाहरूको कथा उल्लेख गरीएको छ । पुस्तक महिला उद्यमशिलता पवद्र्वन नेपालले प्रकाशन गरेको हो । महिला उद्यमशिलता पवद्र्वन नेपाल स्थानिय तहका उपप्रमुखहरू सम्बद्घ संस्था हो । महिलाहरूलाई उद्यशिल बनाउन मद्दत गर्ने र उद्यममा लागेका महिलाहरूलाई उत्प्रेरणा जगाउने उद्धेश्यले पुस्तक प्रकाशन गरेको संस्थाकी अध्यक्ष गुमादेवी आचर्यले जानकारी दिइन । पुस्तक विमोचन कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य विमला देवी घिमिरेले महिलाहरुको राजनैतिक पहुँच निर्माण गर्नु पर्ने बताइन । उनले लामो समयको संर्घषको फलस्वरुप वर्तमान अवस्था सृजना भएको उल्लेख गर्दै अझै अपेक्षाकृत रुपमा उपलब्धि हासिल हुन नसकेको बताइन । उनले महिलाहरुको आर्थिक पहुँच निर्माण नहुँदा सम्म समतामुलक समाज निर्माण गर्न नसकिने भएकाले उद्यममा जोडिन महिलाहरुलाई आग्रह गरीन । देवदह नगरप्रमुख हिरा बहादुर खत्रीले हरेक सफल पुरुषहरुको पछाडी महिलाहरुको साथ र हौसला जोडिएको बताएका छन । उनले महिलाहरु अब सहयोगी भुमिकामा मात्रै नबसेर नेतृत्वदायी भुमिकामा देखिनु पर्नेमा जोड दिए । लेखकद्धय दल बहादुर गुरुङ्ग र माधव प्रसाद घिमिरेले पुस्तकबाट देशभर रहेका महिला उद्यमीहरुले प्रेरणा लिने विश्वास व्यक्त गरे । पुस्तकमाथि समिक्षा गर्दै रामचन्द्र श्रेष्ठ र यज्ञ प्रसाद न्यौपानेले पुस्तकमा संर्घषको असली स्वरुप देखिएको उल्लेख गरे ।