Devdaha Tv | अन्तर्राष्ट्रिय
कार्तिक ६ २०७८ | 2021 Oct 23
Flash News

इटालीमा विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु

2 weeks ago
इटालीमा-विमान-दुर्घटना-हुँदा-८-जनाको-मृत्यु

  असोज १८ । इटालीको उत्तरी शहर मिलानमा विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।  मिलान स्थित एक खाली कार्यालय भवनमा निजी विमान ठोक्किएर भएको दुर्घटनामा त्यसमा सवार सबै ८ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्याण्डका लागि उडान भरेको विमान दुर्घटनामा परेको हो । विमानका पाइलट रोमानियाका अर्बपति ६८ वर्षका ड्यान पिट्रेस्कु थिए । दुर्घटनामा उनी सहित उनकी श्रीमती र छोराको पनि ज्यान गएको छ । विमान ठोक्किए पछि भवन तथा तल रहेका कारमा आगलागी भएको थियो । जमिनमा रहेका कोही पनि घाइते नभएका समाचारमा जनाइएको छ । दुर्घटनाको कारणबारे छानबिन सुरु गरिएको छ । केही प्रत्यक्षदर्शीले एकल इन्जिन रहेको पिलाटस पीसी–१२ विमानमा दुर्घटना अघि नै आगोका लप्काहरु देखिएको बताएका छन ।