Devdaha Tv | मनोरन्जन
आषाढ ७ २०७८ | 2021 Jun 21

तिनाउ खोला बटौलीको छेउ...

1 year ago
तिनाउ-खोला-बटौलीको-छेउ...

यो गीत बुटवलमा चर्चित बनी इतिहास बनाएको गीत हो । जतिखेर पप संगीतले आफ्नो दायरा बढाउँदै थियो त्यतिखेर बुटवलका यूवाहरू व्यान्ड बनाएर गीत संगितमा सक्रिय बने । त्यसबेला बुटवलमा थुप्रै ब्यान्डहरू थिए । सबैले गीत गाउने गर्दथे । त्यसबेला प्रकट व्याण्डको एकखालको आफ्नै स्थान थियो । कुरा २०५२ सालतिरको हो । उक्त व्यान्डका प्रमुख हुन भक्त गलामी ।२०२६ सालमा गुल्मीको शान्तिपुरमा जन्मिएका भक्त गलामी (मगर) संगितको नशामा बगिरहेका गायक हुन् । सानै देखिको रहर र सोखले उनलाई संगितको क्षेत्रमा डो¥यायो । बुवा स्व. दुर्गा गलामी र आमा नरमाया गलामीको एक्लो सन्तानको रूपमा जन्मिएका हुन् । सानैमा विद्यालयस्तरमा गीत गाउने साथी भाईलाई सुनाएर नै संगितको सोख पुरा गरिएका भक्तले २०४० सालबाट आफ्नो औपचारिक संगितको यात्रा सुरु गरेका हुन् ।उनी भन्छन्–‘त्यसबेला वाणिज्य कलेजले बुटवलको कान्ति सभागृहमा गरेको सांस्कृतिक कार्यक्रममा गीत गाउने अवसर मिल्यो । त्यहाँ मैले पिरती मनको फुल्छ मनको कुरा खुल्छ भन्ने गीत गाएको थिएँ । त्यतिबेला नै धेरै संगित बुझेका र मेरा साथीहरूले संगितको क्षेत्रमा केही गर्न सक्छन् भनेर मलाई हौसाएकै कारणले म यो क्षेत्रमा अगाडी बढेको थिएँ । त्यसपछि हामीले संगितको क्षेत्रमा केहि गर्न सक्छौं भन्ने साेंचले फेथ नामाकरण गरेर ब्यान्डको स्थापना ग¥यौं । त्यसैबाट हामीले स्थानीयस्तरका साङ्गितिक कार्यक्रमहरूमा सहभागिता जनाएका थियौं । त्यहाँ हामी १५ जना साथी थियौं । सबैको आ–आफ्नै भूमिका थियो ।पछि हामीलाई हाम्रो ब्यान्डको नामले पनि केहि पहिचान दिन सक्नु पर्दछ भन्ने महसुस भएपछि २०५२ सालमा हामीले नाम परिवर्तन गरेर प्रकट ब्यान्ड बनायांै ।’त्यसबेला बुटवलमा थुप्रै ब्यान्डहरू थिए । सबैले गीत गाउने गर्दथिए । त्यसबेला एकखालका आफ्नै स्थान थियो ।