Devdaha Tv | समाचार
कार्तिक ६ २०७८ | 2021 Oct 23
Flash News

बुटवल बर्दघाट सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा, वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने सास्ती हट्यो

1 month ago
बुटवल-बर्दघाट-सडकखण्ड-पूर्ण-रुपमा-सञ्चालनमा,-वैकल्पिक-मार्ग-प्रयोग-गर्नुपर्ने-सास्ती-हट्यो

भदौ ३१ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत बुटवल बर्दघाट सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ । गत भदौ १० गतेको भिषण बर्षातका कारण सडखण्ड अन्र्तगत पर्ने नवलपरासीको सुनवलमा पर्ने तुरीया खोला पुल र रुपन्देहीको देवदहमा पर्ने घोडाहा खोला पुल भासिएको थियो । देवदह घोडाहा खोलामा ६ दिन अघि डाइर्भसन निर्माण गरेर सडक सुचारु गरीएको थियो । बुधबार सुनवलको तुरीया खोला पुलमा वेलिव्रिज निर्माण सम्पन्न भएपछि लोकमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको हो । पुल भासिएपछि वैकल्पिक मार्ग प्रयोग गरेर यातायात सञ्चालनमा ल्याइएको थियो । वैकल्पिक मार्ग प्रयोग गर्दा बुटवलबाट बर्दघाट जान झण्डै एक दिन खर्चनु पर्ने वाध्यता थियो । तुरीया खोलामा वेलिव्रिज निर्माण गरीएपनि आलोपालो गरेर एकतर्फी मात्रै सञ्चालन गरीएको छ भने मालबाहाक सवारीसाधनलाई प्रवेशमा रोक लगाइएको बताइएको छ ।