Devdaha Tv | राजनीति
कार्तिक ६ २०७८ | 2021 Oct 23
Flash News

एमाले सरकारले सडक शिलान्यास गर्दा अरू तिरीमिरी परे : ओली

1 month ago
एमाले-सरकारले-सडक-शिलान्यास-गर्दा-अरू-तिरीमिरी-परे-:-ओली

भदाै ३० । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफुले सडक शिलान्यास गर्दा अरू तिरीमिरी परेकाे बताएका छन । बुधबार नेकपा एमालेकाे रूपन्देहीकाे बृहत कार्यकर्ता भेलालाई बुटवलमा सम्बाेधन गर्दै आफुले २१० वटा सडक शिलान्यास गर्दा दुनियाँ छक्क परेकाे बताएका हुन । उनले वर्तमान सरकारकाे विकास गर्ने क्षमता नभएका कारण आफुले शिलान्यास गरेकाे सडक याेजना खारेज गरेकाे आराेप लगाए । उनले नेकपा एमाले फेरि सरकारमा फर्कने दाबी गरे । उनले वर्तमान सरकार जनमतबाट नभई परमादेशबाट बनेकाे आराेप लगाउँदै जनमत लिएर फेरि सरकारमा जाने दाबी गरे । उनले एमालेले कहाँ विकास गर्याे भनेर कसैले साेधे ओैलाले देखाउँदै उ त्यहाँ विकास गर्याे भनेर देखाउन आग्रह गरे । उनले एमाले सरकारले विकासै विकास गरेकाे दाबी गरे ।