Devdaha Tv | समाचार
कार्तिक ६ २०७८ | 2021 Oct 23
Flash News

श्रमजीवी पत्रकार चौहानको निधन

1 month ago
श्रमजीवी-पत्रकार-चौहानको-निधन

भदौ ३० । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य रुपन्देहीका पत्रकार बिन्दु कुमार चौहानको निधन भएको छ । निमोनियाको उपचारका क्रममा ४५ वर्षीय चौहानको मंगलबार राति युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा निधन भएको हो । तीन दिनअघि निमोनिया देखिएपछि चौहानलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएकोमा अवस्था गम्भीर भएसँगै मेडिकल कलेजमा भर्ना गरिएको पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलले जानकारी दिए । चौहान नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वकार्य समिति सदस्य समेत हुन् । दुई दशक देखि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेर पत्रकारिता गर्दै आएका चौहानका श्रीमती, चार छोरा र तीन छोरी रहेका छन । चौहानको निधनप्रति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र रुपन्देही शाखाले दुस्ख व्यक्त गरेका छन ।