Devdaha Tv | राजनीति
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

जसपाका दुई विनाविभागीय मन्त्रीको मन्त्रालय टुङ्गियाे

2 days ago
जसपाका-दुई-विनाविभागीय-मन्त्रीको-मन्त्रालय-टुङ्गियाे

भदाै २९ । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी (जसपा) बाट मन्त्री बनेका दुई मन्त्रीले मन्त्रालयकाे जिम्मेवारी पाएका छन। विनाविभागिय मन्त्रीकाे रूपमा सपथ खाएका सुमन शर्मा रायमाझी र पुरमती ढेगाकाे मन्त्रालयकाे टुङ्गो लागेकाे हाे । रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय र ढेगाले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएकाे स्राेतले जनाएकाे छ । प्रदेश कृषि मन्त्रालय कस्ले लिने भन्ने बिषयमा कुरा नमिल्दा मन्त्रीकाे जिम्मेवारी ताेक्न ढिलाई भएकाे थियाे । गत साउन २८ गते माओवादी संसदिय दलका नेता कुल प्रसाद केसीकाे नेतृत्वमा, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमाेर्चा सम्मिलित संयुक्त गठवन्धनकाे सरकार गठन भएकाे थियाे । केसी मुख्यमन्त्री नियुक्त हुंदा त्यसै दिन नेपाली कांग्रेस र माओवादी केन्द्रका एक–एक जना, जसपाका तीनजना र स्वतन्त्र सांसद अजय शाही मन्त्री नियुक्त भएका थिए ।