Devdaha Tv | समाज
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

८ महिने शिशुको घाटी रेटी हत्या

2 days ago
८-महिने-शिशुको-घाटी-रेटी-हत्या

भदौ २९ । रुपन्देहीमा ८ महिने शिशुको हत्या गरेको आरोपमा आमा–बाबु पक्राउ परेका छन । रुपन्देही गैडहवा गाउँपालिका–६ स्थित सुर्यपुरामा शनिबार आफ्नै घरमा ८ महिने शिशु सुरज मल्लाहा मृत अवस्थामा भेटिएका थियो । शिशुको हत्या भएकोे आंशकामा बाबु श्रीराम मल्लाहा र आमा रेनु मल्लाहालाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा आमा–बुबाले आफ्नै घरको छतमा दुधे ८ महिनाको नावालक छोरा सुरज मल्लाहलाई घाटी रेटी हत्या गरेको खुलेको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए । मृतकको परिवारमा जग्गा सम्बन्धी विवादको कारणले दैनिक कलह झै झगडा हुने गरेको र घटना सोही कारणले भएका प्रवक्ता थापाको भनाई छ । घटनास्थलको सुक्ष्म अबलोकन गर्ने क्रममा घरको छतमा आलो रगत जमेको अवस्थामा भेटिएको र मल्लाह दम्पती सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया भेटिएको र बिस्तारामा, विद्युतको स्वीचमा र रेनुले लगाएको सारीमा पनि रगत जस्तो रातो पदार्थ लागेको फेला परेको प्रहरीले जनाएको छ । मृतक शिशुका आमा–बुबाले प्रहरी समक्षा हत्या गरेको स्वीकार गरि सकेको प्रहरीले जनाएको छ । मृतक शिशुका आमा–बुबालाई कर्तव्य ज्यान मुद्धामा हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।