Devdaha Tv | राजनीति
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

एमाले सांसदको नाराबाजीले संसद बैठक स्थगित, अर्को बैठक भदौ २९ गते

4 days ago
एमाले-सांसदको-नाराबाजीले-संसद-बैठक-स्थगित,-अर्को-बैठक-भदौ-२९-गते

भदौ २७ । प्रतिपक्ष एमालेका सांसदहरूले संसदमा नारबाजी गर्न नछोडे पछि सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको बैठकमा स्थगित गरेका छन । नेकपा एमालेको अवरोधका कारण आइतबारको संसद बैठक पनि कारबाही प्रक्रियामा प्रवेश नै नगरी स्थगित भएको छ । आइतबारको दुई वटै बैठक एमाले सांसदको नाराबाजी र अवरोधका कारण अघि बढ्न सकेन । बैठक अघि बढ्न नसके पछि सभामुख सापकोटाले अर्को बैठक भदौ २९ गते मंगलबार दिनको १ बजे बस्ने सुचना दिए । आइतबारको पहिलो बैठक एमालेका सांसदहररुले नाराबाजी सँगै अवरोध गरे पछि १५ मिनेटको लागि स्थगित भएको थियो । १५ मिनेट पछि बैठक सुरु भए पनि एमालेले पुनः अवरोध गरेको थियो ।