Devdaha Tv | समाज
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

सवारी दुर्घटनामा परी २ जना गम्भीर घाइते

4 days ago
सवारी-दुर्घटनामा-परी-२-जना-गम्भीर-घाइते

भदौ २७ । पुर्व–पश्चिम राजमार्ग अन्तरगत बुटवलको जीतगढीमा सवारी दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन । बुटवल–१३ जीतगढी नजिकै भएको दुर्घटनामा परी रुपन्देहीको कञ्चन गाउँपालिकाका ५९ वर्षिय लोकराज बुजेल र उनका श्रीमती ५६ वर्षीया उमादेवी गम्भीर घाइते भएका छन । बुटवल तर्फ आइरहेको उनीहरु सवार लु ४५ प २८५७ नम्बरको मोटरसाइकललाई पश्चिम तर्फ गइरहेको ना १ क ८९१५ नम्बर ट्रकले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटना पछि घाइतेहरुलाई अस्पतालमा उपचारका लागि पठाइएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन ।