Devdaha Tv | राजनीति
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

4 days ago
सत्ता-गठबन्धनका-शीर्ष-नेताहरुको-बैठक-बस्दै

भदौ २७ । सरकार गठन भएको दुई महिना वित्न लाग्दा समेत मन्त्रि परिषद विस्तार गर्न नसकेको सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा सरकार विस्तार, मन्त्रालय भागवण्डाको विवाद र राजनीतिक दल सम्बन्धि अध्यादेश के गर्ने भन्ने विषयमा छलफल भईरहेको  छ । सत्तारुढ गठबन्धन भित्र भौतिक पूर्वाधार, परराष्ट्र, शहरी विकास, संघीय मामिला, स्वास्थ्य र आपूर्ति मन्त्रालय कसले लिने भन्ने विषयमा समस्या रहेको छ । गत शुक्रबारको वैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपाल र उपेन्द्र यादवलाई दुई दुई जनाको नाम दिन आग्रह गर्नुभएकोमा उनीहरुले भागवण्डाको विवाद मिलाउनु पर्ने अडान राखेका थिए । यस्तै राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशलाई पनि किनारा लगाउनुपर्ने अडानमा उनीहरु रहेका छन् । अध्यादेश असफल बनाउने कि प्रतिस्थापन विधेयक ल्याउने भन्नेमा नेकपा एस र जसपाबीच विवाद छ ।नेकपा एकीकृत समाजवादी राजनीतिक दल सम्बन्धि अध्यादेशको ठाउँमा प्रतिस्थापन विधेयक ल्याउनुपर्ने पक्षमा रहेको छ भने जसपा उक्त अध्यादेश असफल बनाउनु पर्ने पक्षमा रहेको छ । यस्तै प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संसद वैठक अवरुद्ध गर्दै आएकाले संसदको कारबाहीलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल भईरहेको छ ।