Devdaha Tv | राजनीति
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

अखिल क्रान्तिकारीको बहुमुखी अध्यक्षमा ज्ञवाली

5 days ago
अखिल-क्रान्तिकारीको-बहुमुखी-अध्यक्षमा-ज्ञवाली

भाद्र २६ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को बुटवल बहुमुखी क्याम्पस इकाई अध्यक्षमा बिष्णु प्रसाद ज्ञवाली चयन भएका छन । शनिबार सम्पन्न छैठौं इकाई सम्मेलनले ज्ञवालीको नेतृत्वमा ४१ सदस्यीय कमिटी गठन गरेको अखिल क्रान्तिकारीले जानकारी दिएको छ । जसको उपाध्यक्षमा गोपाल भण्डारी, खिमराज गिरि, बिष्णु भुसाल, बिशाल पौडेल र सचिवमा रिया बस्नेत, सह–सचिवमा निमा गिरी, दिपक खत्री ,सम्झना ढकाल र कोषाध्यक्षमा संगम खवास चयन भएका छन । संगठनको सदस्यहरुमा रमेश बि.क, चामणि बेल्वासे, रिता अर्याल, अस्मिता पन्थि, जीवन पोख्रेल लगायत रहेका छन । सम्मेलनलाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश संयोजक नारायण खनालले समाजवादी शिक्षा अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन । उनले राज्यले युगसापेक्ष बिज्ञानमा आधारीत समाजवादी शिक्षा प्रणाली लागु गर्नु पर्नेमा जोड दिए । माओवादी केन्द्रका रुपन्देही ईन्चार्ज टंकमणी शर्माले विद्यार्थीहरुले विद्यार्थीहरुको हकहितको बिषय प्रमुख रुपमा उठान गर्नु पर्नेमा जोड दिए । उनले राष्ट्र निर्माणको आधारस्तम्भ विद्यार्थी भएका कारण अबको युग कस्तो बनाउने भन्ने बिषयमा चिन्तन गर्न आग्रह गरे । माओवादी केन्द्र रुपन्देही संयोजक नारायण जिसी निर्मलले राजनैतिक परिवर्तनमा विद्यार्थीले गरेको योगदानलाई भुल्न नहुने बताए । अखिल क्रान्तिकारीले समाज रुपान्तरणको अभियान सुरु गर्नु पर्नेमा उनले जोड दिए । उनले संगठन विस्तारलाई जोड दिन विद्यार्थी नेताहरुलाई निर्देशन दिए । अखिल क्रान्तिकारीका लुम्बिनी प्रदेश कमिटी सह–संयोजक अनुप पोख्रेलले क्याम्पस प्रशासनले गर्ने वेथिती बिरुद्ध आवाज उठाउन अखिल क्रान्तिकारीका सदस्यहरुलाई निर्देशन दिए । उनले विद्यार्थी भनिनेहरुले पैसाको आडमा क्याम्पस प्रशासनमा कब्जा जमाएको आरोप लगाए । अखिल क्रान्तिकारीले देशभर संगठन विस्तारलाई तिव्रता दिएको छ । सर्वोच्चले माओवादी र एमाले विभाजन गरीदिएपछि विद्यार्थी संगठनको सांगठनिक स्वरुप परिवर्तन भएका कारण संगठन निर्माणलाई तिव्रता दिएको विद्यार्थी नेताहरुले बताएका छन ।