Devdaha Tv | समाचार
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

देवदह नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुको बार्षिक समिक्षा

6 days ago
देवदह-नगरपालिका-भित्रका-स्वास्थ्य-संस्थाहरुको-बार्षिक-समिक्षा

भदौ २५ । देवदह नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुको बार्षिक समिक्षा गरीएको छ । शुक्रबार देवदह नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा नगरभित्र रहेका स्वास्थ्य चौकी र स्वास्थ्य संग सम्बन्धित काम गरीरहेका गैर सरकारी संस्थाका प्रतिनिधिलाई राखेर उनिहरुले गरीरहेको कामको बिषयमा जानकारी लिएको स्वास्थ्य अधिकृत काशिनाथ बञ्जाडेले जानकारी दिए । स्वास्थ्य सेवामा सुधार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको उनले जानकारी दिए । सो अवशरमा बोल्दै देवदह नगरपालिकाका प्रमुख प्रशाषकिय अधिकृत डिल्लीराम बेलवासेले देवदह नगरपालिकाको स्वास्थ्य शाखाले उत्कृष्ट काम गरेको दाबी गरे । उनले स्वास्थ्य शाखाको कामलाई थप परिस्कृत र परिमार्जन गर्दै लैजानु पर्नेमा जोड दिए । सो अवशरमा देवदह अस्थाई कोरोना अस्पतालका प्रमुख डा.माधव वेल्वासे, देवदह स्वास्थ्य चौकी प्रमुख दिलेश्वर श्रेष्ठ, केरवानी स्वास्थ्य चौकी प्रमुख केशव रेग्मी, सिक्टहन स्वास्थ्य चौकी प्रमुख रेशम सुनार, चरङ्गे शहरी स्वास्थ्य केन्द्रका प्रमुख रमेश चौधरी, भवानीपुर शहरी स्वास्थ्य केन्द्रका प्रमुख मेघनाथ न्यौपाने र स्वास्थ्यका लागि सक्षम प्रणालीका प्रमुख ससस्मीता खत्रीले बार्षिक प्रगती विवरण पेश गरेका थिए । कार्यक्रममा देवदह नगरपालिकाका शिक्षा अधिकृत टिकाराम शर्मा र वडा नम्बर ४ का वडा अध्यक्ष दिपक चापागाईको सहभागिता रहेको थियो ।