Devdaha Tv | समाचार
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

पुर्वपश्चिम लाेकमार्गकाे देवदह खण्ड सुचारू

1 week ago
पुर्वपश्चिम-लाेकमार्गकाे-देवदह-खण्ड-सुचारू

भदाै २४ । वाढीका कारण पुल भासिदा अबरुद्ध बनेकाे पुर्वपश्चिम लाेकमार्गकाे देवदह खण्ड सुचारू भएकाे छ । अविरल बर्षाका कारण गत भदाै ११ गते घाेडाहा खाेलाकाे पुल भासिएकाे थियाे । पुल भासिए संगै अबरुद्ध बनेकाे सडक बिहिवार डाइभर्सन बने संगै सुचारू भएकाे हाे । सडक सुचारू भएपछि सहज रूपमा सवारी साधन आवतजावत गर्न थालेकाे छ। सडक अबरुद्ध भएपछि सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयाेग गर्न भनिएकाे थियाे । लाेकमार्गकाे देवदहखण्ड सञ्चालनमा आए पनि नवलपरासीको सुनवल तुरिया खाेला पुल पनि भाँचिएका कारण पुरै सञ्चालनमा आउन भने समय लाग्ने भएकाे छ । वेलिव्रिज जडानकाे काम भइरहेका कारण सडक सञ्चालनमा आउन करीब एक हप्ता लाग्ने प्रहरीले जनाएकाे छ ।