Devdaha Tv | समाज
कार्तिक ६ २०७८ | 2021 Oct 23
Flash News

कालिकोट आम्तडामा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ११ जना यात्रु घाइते

1 month ago
कालिकोट-आम्तडामा-जीप-दुर्घटना-हुँदा-चालकको-मृत्यु,-११-जना-यात्रु-घाइते

भाद्र १३ । कर्णाली करिडोर अन्तर्गत सान्नी त्रीवेणी–२ को आम्तडामा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।शान्तिघाटबाट तिजेगडाका लागि छुटेको क १ ज ३२ नम्बरको जीप दुर्घटना हुँदा जीपका चालक बिक्रम गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त जीपमा यात्रा गरिरहेका ११ जना यात्रु घाइते भएका छन । घाइते हुनेमा राष्कोट ९ घर भएका नरपति लुवार, लक्ष्मी बराल, जगत तिरुवा, प्रेम बराल, टेक लुवार, र राष्कोट नगरपालिका वडानंं ७ का कमलराज शाही रहेका छन । त्यस्तै सान्नि त्रिवेणी गाउपालिका–६ का बदे संज्याल, रन्त प्रसाद संज्याल, सुन्दर संज्याल, तिलक प्रसाद संज्याल, र पँचालझरना गाउँपालिका–९ की अनिता शाही रहेका छन । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । अन्य ६ जनाको अवस्था भने समान्य रहेको छ । घाइतेहरुको उद्दारका लागि हेलिकप्टर माग गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले बताए ।