Devdaha Tv | खेलकुद
मंसिर २३ २०७८ | 2021 Dec 09
Flash News

कराते प्रशिक्षक प्रधानको स्मरण

3 months ago
कराते-प्रशिक्षक-प्रधानको-स्मरण

भदौ १ । रुपन्देहीका कराते प्रशिक्षक केशव प्रधानको सवारी दुर्घटना भएको चार बर्ष पुगेको छ । मंगलबार देवदहमा कराँते खेलाडी तथा प्रशिक्षकहरुले सितोरियो कराते महासंघको आयोजनामा कार्यक्रममा प्रधानलाई स्मरण गरेका छन । सो अवशरमा बोल्दै देवदह खानेपानीका अध्यक्ष गुमान सिं कुँवरले युवा पुस्तालाई खेलकुदमा संङ्लग्न बनाउनु पर्ने बताए । उनले पछिल्लो पुस्ता मोबाइल टिकटकमा व्यस्त भएको उल्लेख गर्दै खेलकुदमा लगाउन सके अनुशासित बनाउन सकिने उल्लेख गरे । प्रधानको २०७४ साल भदौ १ गते सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो । 

Recent News