Devdaha Tv | समाचार
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

संरक्षण गर्ने सर्त सहित बृक्षा रोपण : बिरुवा संरक्षण गर्ने प्रतिस्पर्धा

1 month ago
संरक्षण-गर्ने-सर्त-सहित-बृक्षा-रोपण-:-बिरुवा-संरक्षण-गर्ने-प्रतिस्पर्धा

साउन ९ । रुख रोप्ने फोटो खिच्ने तर संरक्षण नगर्ने गरेका कारण बृक्षारोपण देखावटी मात्रै बनिरहेको सन्र्दभमा रुपन्देहीको देवदहमा संरक्षण गर्ने सर्त सहित बृक्षा रोपण गरीएको छ । शनिबार लायन्स क्लब अफ देवदहको आयोजनामा क्लबले संञ्चालन गरेको आँखा क्लिनिक हाता भित्र एक दर्जन जोडी सहित ४१ वटा अशोकाको बिरुवा रोपिएको हो । लायन्स क्लबमा आबद्ध सदस्यको जोडी, लायन्सका सदस्य, लियो क्लब अफ देवदहका सदस्य र पत्रकार सहितले संरक्षण गर्ने सर्त सहित रुख रोपेको क्लबका अध्यक्ष विनोद थापा मगरले जानकारी दिए । रुख रोप्नेले आफैँले पानि हाल्ने र संरक्षण गर्ने काम गर्नु पर्नेछ र उत्कृष्ट तरीकाले संरक्षण गर्नेहरु बिच प्रतिस्पर्धा गराइनेछ । बृक्षारोपण कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक गर्भनर अर्जुनमान शैजुले लायन्स क्लबले कोरोना महामारीको जोखिमको समयमा संकट समाधानको क्षेत्रमा उत्कृष्ट कार्य गरेको बताए । अहिले लायन्स क्लबको बृक्षारोपण सप्ताहा चलिरहेको उल्लेख गर्दै बृक्षारोपण गरेर मात्रै नहुने संरक्षण पनि गर्नु पर्ने बताए । बुटवल लायन्स आँखा अस्पतालका अध्यक्ष रामेश्वर श्रेष्ठले छिट्टै देवदहको आँखा क्लिनिक संञ्चालनमा आउने जानकारी दिए । बृक्षारोपण कार्यक्रममा लायन्स क्लब अफ देवदहका संस्थापक अध्यक्ष बिष्णु प्रसाद पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिती सदस्य टंक सुनार लगायतको सहभागिता रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष विनोद थापा मगरको अध्यक्षता र सचिव सिरु सापकोटाको संञ्चालनमा सम्पन्न भएको थियो ।