Devdaha Tv | समाचार
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

सोइया महिला स्वावलम्वी संस्था देवदहद्धारा विपन्नलाई राहत वितरण

1 month ago
सोइया-महिला-स्वावलम्वी-संस्था-देवदहद्धारा-विपन्नलाई-राहत-वितरण

साउन ७ । सोइया महिला स्वावलम्वी संस्था देवदहले विपन्न समुदायलाई राहात वितरण गरेको छ । स्कुल लाइफ इन नेपाल डेनमार्क, गुणस्तरीय शिक्षा कार्यक्रम अन्र्तगत सिभिल सोसाइटी फण्ड, नेपाल विकास समाज र फ्ल्याइङ्ग एड नेपालको आर्थिक सहयोगमा असार २८ गते देवदह नगरपालिकाका नगर शिक्षा अधिकृत टिकाराम शर्माले शुभारम्भ गरेको कार्यक्रम साउन ६ गते सम्पन्न भएको संस्थाका गुणस्तरीय शिक्षा कार्यक्रम प्रमुख नारायण भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार संस्थाले मुसहर वाढीपिडित, कोरोना महामारीका कारण समस्यामा परेका समुदायलाई गरी करीब १४ लाख ४७ हजार ८ सय २५ रुपैयाँको राहात वितरण गरीएको हो । राहातमा चामल २५ केजी, तेल २ लिटर, आटा ५ केजी, दाल ३ केजी, चिउरा २ केजी, सोयाविन २ पोका, साबुन २ वटा र नुन २ पोका वितरण गरीएको थियो । ५ सय २५ घर परिवारलाई राहातका साथै वाढीपिडित ७ घर परिवारलाई खाट, ग्यास चुल्हो सेट र विस्तारा वितरण गरीएको छ । राहात वितरणका लागि देवदहमा रहेका ११ वटा सामुदायिक विद्यालयले समस्यामा परेका ३ सय ७७ विद्यार्थीका अभिभावकलाई सिफारीस गरेको थियो । संस्थाले देवदहको केरवानी मावि, सिता मावि, महामायाँ भवानी मावि, ज्ञानज्योती मावि, जनता मावि र कोटही आधारभुत विद्यालयमा गुणस्तरीय शिक्षा कार्यक्रम सञ्चालन गरीरहेको छ । त्यस्तै गरी सरस्वती मावि, सिक्टहन मावि, भविस्य निर्माण मावि, प्रगती मावि र खड्ग माविमा लैङ्गीक समानता र वाल बिवाहा न्युनिकरण कार्यक्रम सञ्चालनमा रहेका छन । राहात वितरण कार्यक्रममा संञ्चालित विद्यालयका अभिभावकहरुलाई पहिलो प्राथमिकतामा राखिएको संस्थाका व्यवस्थापक मेनुका न्यौपानेले जानकारी दिइन । सोइया महिला स्वावलम्वी संस्था देवदहले विभिन्न समयमा महिला शसक्तिकरण, गुणस्तरीय शिक्षा, कृषि आधुनिकिकरण, लैङ्गीक समानता र बाल विवाहा न्युनिकरणको क्षेत्रमा काम गर्दै आइरहेको छ ।