Devdaha Tv | राजनीति
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

देवदह नगरपालिकाको बजेट सर्वसम्मत रुपमा पारित

2 months ago
देवदह-नगरपालिकाको-बजेट-सर्वसम्मत-रुपमा-पारित

असार २९ । रुपन्देहीको देवदह नगरपालिकाको आर्थिक बर्ष २०७८/०७९ को बजेट सर्वसम्मत रुपमा पारित भएको छ । मंगलबार नवौँ नगरसभाको निरन्तर बैठकले उपप्रमुख विद्यालक्ष्मी गुरुङले पेश गरेको १ अरब ४ करोड २८ लाख २४ हजारको वजेट सर्वसम्मत रुपमा पास भएको हो । नगरसभामा बोल्दै नगर सदस्य सरस्वती पोख्रेलले मानव बेचविखन विरुद्धको कार्यक्रम निति तथा कार्यक्रममा राख्नु पर्ने माग गरीन । नगर सदस्य राम प्रसाद बिश्वकर्माले सार्वजनिक जग्गा अतिक्रमण रोक्न टोल विकास संस्थाहरुलाई नितिगत रुपमै जिम्मेवारी दिनु पर्ने बताए । नगरसदस्य खैराज शर्माले शहिद परिवार र सुरक्षाको बिषयमा नगरसभाको ध्यानाकर्षण गराए । नगरसभामा उठेका प्रश्नहरुको जवाफ दिदै नगरप्रमुख हिरा बहादुर खत्रीले सार्वजनिक जग्गा संरक्षण गर्ने जिम्मेवारी नगरपालिकाको भएका कारण यसमा सघाउन स्थानिय संग आग्रह गरे । सो अवशरमा विभिन्न क्षेत्रबाट नगरपालिकालाई योगदान गर्नेहरुलाई सम्मान समेत गरीएको थियो ।