Devdaha Tv | समाचार
श्रावण १० २०७८ | 2021 Jul 25
Flash News

प्रहरीलाई नदिजन्य प्रकोप उद्धार सामाग्री हस्तान्तरण

1 month ago
प्रहरीलाई-नदिजन्य-प्रकोप-उद्धार-सामाग्री-हस्तान्तरण

असार ५ । देवदह नगरपालिकाले प्रहरी चौकी खैरेनीलाई नदिजन्य प्रकोप उद्धार सामाग्री हस्तान्तरण गरेको छ । शनिबार नगरापलिकामा देवदह नगरपालिका प्रमुख हिरा बहादुर खत्री, उपप्रमुख विद्यालक्ष्मी गुरुङ र प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज वेलवासे प्रहरी चौकी खैरेनीका प्रहरी निरिक्षक दिपक महतलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन । करिब १ लाख ५० हजार बराबरको लाईफ जाकेट, डोरी, लाईफ रिङ र टर्च लाईट हस्तान्तरण गरीएको हो । उक्त सामाग्री वाढीमा फसेका व्यक्तिहरुको उद्धारमा प्रयोग गरीने प्रहरीले जनाएको छ ।