Devdaha Tv | राजनीति
श्रावण १० २०७८ | 2021 Jul 25
Flash News

युवाहरु राजनितिमा लाग्नु पर्नेमा दलित अगुवाहरुको जोड 

1 month ago
युवाहरु-राजनितिमा-लाग्नु-पर्नेमा-दलित-अगुवाहरुको-जोड-

असार ५ । दलित समुदायका युवाहरु राजनितिमा लाग्नु पर्नेमा सो समुदायका अगुवाहरुले जोड दिएका छन । शनिबार देवदहमा मुल्यवान बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको दलित युवाहरु संग दलित समुदायबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु संगको अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले राजनैतिक प्रतिनिधित्व बिना परिवर्तन संम्भव नभएको भन्दै राजनितिमा लाग्न युवाहरुलाई सुझाएका हुन । टिकट पाउन राजनैतिक सक्रिय चाहिने भएकाले प्रतितित्वि सुनिश्चित गर्न पनि राजनितिमा लाग्न युवाहरुलाई सुझाब दिएका हुन । कार्यक्रममा बोल्दै देवदह नगरपालिका वार्ड नम्बर १० का अध्यक्ष यक बहादुर सुनारले निति निर्माणको तह सम्म पुग्ने प्रमुख माध्यम राजनिति भएका बताएका छन । उनले दलित समुदायका युवाहरुलाई आर्थिक उर्पाजन संग जोड्नु पर्ने बताए । वडा अध्यक्षमा निर्वाचित भए देखि एउटा समुह आफुलाई सिध्याउन लागि परेको भन्दै इमान्दारीता साथ काम गरेका कारण जनताले साथ दिएको बताए । कार्यक्रममा देवदह नगरपालिकाका कार्यपालिका सदस्य टेक बहादुर बिक, वडा सदस्य लक्ष्मी बिक, अधिकारकर्मीहरु वीर बहादुर नेपाली, गणेश बिक, गणेश खाती, दिल कुमार बिक, विकास गहतराज, महेन्द्र खड्का, सुरज पोख्रेली, धन बहादुर बिक र टंक सुनारले बोलेका थिए । कार्यक्रम सहकारीका अध्यक्ष गोविन्द बहादुर ठडराईको अध्यक्षता र सहकारीका प्रवन्धक नर बहादुर नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।