Devdaha Tv | समाचार
श्रावण १० २०७८ | 2021 Jul 25
Flash News

बुटवल बर्दघाट सडक : देवदह खण्ड सञ्चालन सुनवल खण्ड मर्मत हुँदै 

1 month ago
बुटवल-बर्दघाट-सडक-:-देवदह-खण्ड-सञ्चालन-सुनवल-खण्ड-मर्मत-हुँदै-

असार ४ । वाढीले रोड डाइभर्सन भत्काइदिएपछि अबरुद्ध बनेको पूर्व पश्चिम राजमार्ग अन्र्तगतको बुटवल बर्दघाट सडकखण्डको देवदहको सडक मर्मत पछि सञ्चालनमा आएको छ । बिहिबार वेलुका डाइर्भसन मर्मत गरे पछि सडक सञ्चालनमा आएको देवदह प्रहरी चौकी खैरेनीका प्रहरी निरीक्षक दिपक महतले जानकारी दिए । सडक मर्मत पश्चात अहिले दुइतर्फी सडक सञ्चालनमा आएको छ । सोही सडकखण्ड अन्र्तगतको सुनवलको सडक भने अझै सञ्चालनमा आउन सकेको छैन । सडकको मर्मत कार्य भइरहेकाले आज वेलुका सम्म सडक सञ्चालनमा आउने संम्भावना रहेको ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक कृष्ण धितालले जानकारी दिए । बुटवलबाट वर्दघाट जाने यातायातका साधनलाई परासी हुँदै जान पनि प्रहरीले आग्रह गरेको छ । निरन्तरको बर्षातका कारण पूर्व पश्चिम राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध बनेको छ । यात्रा गर्दा सावधानी अपनाउन लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले आग्रह गरेको छ ।