Devdaha Tv | राजनीति
श्रावण १० २०७८ | 2021 Jul 25
Flash News

बाढी प्रभावितहरुको उद्धारका लागि राप्रपाको उद्धार टोली

1 month ago
बाढी-प्रभावितहरुको-उद्धारका-लागि-राप्रपाको-उद्धार-टोली

असार २ । बाढी प्रभावितहरुको उद्धारका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) देवदह नगर समितिले उद्धार टोली गठन गरेको छ । देवदहमा बाढी पहिरोबाट हुनसक्ने सम्भावित जोखिमका क्षेत्रहरु निक्यौल गरि उद्धार टोलि खटाईने राप्रपा केन्द्रीय सदस्य तोयानाथ लम्सालले बताए । राप्रपा देवदह अध्यक्ष माधव रिमालको संयोजकत्वमा १५ जनाको टोली तयारी गरिएको उनले बताए । टोलीका सदस्यहरुलाई उद्धार कार्यमा आवश्यक पर्ने डोरी, ट्युब लगायत सामग्रीहरु हस्तान्तरण गरिएको छ । यस अघि कोरोना महामारीमा समेत निरन्तर मानव सेवामा लागेको टोली विपदका लागि सबै तैयार रहेको राप्रपा केन्द्रीय सदस्य तोयानाथ लम्सालले बताए । कार्यक्रममा राप्रपा नगर उपाध्यक्ष विनोद सेन्चुरी, सैनिक संगठनका केन्द्रीय सदस्य लाल बहादुर ठकुरी, वार्ड–९ का सचिव किरण गौतम, युवक संगठनका केन्द्रीय सदस्य ज्ञानु तिवारी, क्षेत्र नम्बर १ सदस्य गोविन्द खरेल, क्षेत्र नम्बर १ प्रदेश सभा (क) का अध्यक्ष कमल गौतम, युवक संगठन रुपन्देही जिल्ला सदस्य पारस अधिकारी, युवक संगठन देवदह नगर वार्ड ९ अध्यक्ष धनराज भुर्तेलले स्थानिय सरकार, प्रहरी, प्रशासनको सहयोगमा काम गर्ने बताए ।