Devdaha Tv | समाचार
आश्विन १४ | 2022 Sep 30
Flash News

देवदहमा खोलाले बगाएर ल्याएको सव फेला 

1 year ago
देवदहमा-खोलाले-बगाएर-ल्याएको-सव-फेला-

असार २ । रुपन्देहीको देवदहमा खोलाले बगाएर ल्याएको एक महिलाको सव फेला परेको छ । बुधबार विहान रोहिणी खोलाले बगाएर ल्याएको सव देवदह–८ टटेरामा फेला परेको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक दिपक महतले जानकारी दिनु भयो । अन्दाजी ४०–५० बर्षको जस्तो देखिने महिलाको सव देखिए पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक महतका अनुसार सवको पहिचान हुन सकेको छैन । सवको अवस्था हेर्दा पुरानो सव हुन सक्ने अनुमान गरीएको छ ।