Devdaha Tv | समाचार
श्रावण १० २०७८ | 2021 Jul 25
Flash News

बसन्तपुरमा बायोग्यास प्लान्ट सुरु हुँदै

1 month ago
बसन्तपुरमा-बायोग्यास-प्लान्ट-सुरु-हुँदै

असार १ । रुपन्देहीको बसन्तपुर बायोग्यास एण्ड अर्घानिक फर्टिलाईजर प्रा.लि.ले खाना पकाउने बायोग्यास उत्पादन सुरु गर्न लागेको छ । ओमसतिया गाउँपालिकाको वडा नम्बर–४ बसन्तपुरमा स्थापना हुन लागेको उद्योगले दैनिक एलपिजि ५० के.जी. अर्थात ४० सिलिण्टर ग्यास उत्पादन गर्ने उद्योगका सञ्चालक मोहित यादवले जानकारी दिएका छन । सञ्चालक यादवका अनुसार– बायो ग्यास उत्पादन सुरु भए पछि गाउँपालिकाका ३ सय घरपरिवारको भान्सामा खाना पकाउने ग्यास पाईप जडान गरिने र दोस्रो चरणमा गाउँपालिका सवै घरको भान्सालाई सिलिण्डर रहित बनाउने योजना रहेको छ । वायोग्यास प्लाण्टका प्राविधिक कन्सल्टेन्ट रेनर्जी इञ्जिनरिङका  डाईरेक्टर ईन्जिनियर संदिप यादवले उद्योग स्थापना र ग्यास पाईप जडान कार्य संग संगै हुन लागेकाले प्राविधिक रुपमा उत्पादन र उपभोगलाई मध्यनजर गरेर कन्सल्टेन्सीले नापजाच गरि डिपिआर तयार गरिसकेको जानकारी दिए । ईन्जिनियर यादवले उत्पादन संगै उद्योगको योजना अनुसार ग्यासलाई सिधै घरघरको भान्सामा पुराउने कामलाई कसरी सरलीकरण गर्न सकिन्छ भन्ने छलफलमा आफुहरु रहेको बताए । करिव १० करोड लागतमा निर्माण हुन लागेको बायोग्यास प्लान्टले आफ्नो उत्पादन सुरु गरे संगै भारतिय एलपि ग्यासको मागमा समेत कमी आउने अपेक्षा भएको ओमसतिया गाउँपालिकाले जनाएको छ । दैनिक २० टन (गोवर, कुखुराको सुली, सडेगडेको कच्चा पर्दाथ, होटल तथा सुपर मार्केटहरुमा उत्पादन भएका कच्चा पदार्थ जन्य फोहोरहरु ) कच्चा पदार्थ खपत गर्ने यो उद्योगको स्थापना संगै जिल्लाको आधुनिक उद्योग हुने बायोग्यास प्लाण्टका प्राविधिक कन्सल्टेन्ट रेनर्जी इञ्जिनरिङले दावि गरेको छ ।