Devdaha Tv | राजनीति
श्रावण १० २०७८ | 2021 Jul 25
Flash News

राष्ट्रिय युवा संघको राहात वितरण कार्यक्रम जारी 

1 month ago
राष्ट्रिय-युवा-संघको-राहात-वितरण-कार्यक्रम-जारी-

असार १ । राष्ट्रिय युवा संघ नेपालले जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न समुदायलाई खाद्यान्न वितरण जारी राखेको छ । मंगलबार सम्म रुपन्देहीको देवदह नगरपालिकाका १२ वटा वडामा २ सय ५२ घर परिवारलाई खाद्य सामाग्री वितरण गरीसकिएको युवा संघका नेता विकास गहतराजले जानकारी दिए । दाल चामल, नुन, तेल, आलु, चिउरा, चाउचाउ  र सोयाबिन गरी एक महिनालाई पुग्ने खाद्य सामाग्री वितरण गरीएको युवा संघले जनाएको छ । राहात वितरण कार्यक्रम अन्र्तगत सोमबार देवदह–८ का २४ घर परिवारलाई राहात वितरण गरीएको बताइएको छ । राहत वितरण कार्यक्रमा नेकपा एमालेका तथा प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपाने, एमाले नेताहरु प्रकाश अर्याल, हिरा थापा, वन्धु कुमाल, यम राना, केशव गुरुङ लगायतको सहभागिता रहेको थियो । कार्यक्रम विकास गहतराजको अध्यक्षता र श्रद्धा कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो ।