Devdaha Tv | समाचार
श्रावण १० २०७८ | 2021 Jul 25
Flash News

अवैध काठ सहित चार जना प्रहरी नियन्त्रणमा 

1 month ago
अवैध-काठ-सहित-चार-जना-प्रहरी-नियन्त्रणमा-

जेठ ३१ । रुपन्देहीको देवदहबाट अवैध काठ सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार ईलाका प्रहरी कार्यालय बुटवलको प्रहरी टोलीले देवदह–१० चरङ्गेबाट टिपरमा लुकाई छिपाई तस्करीको तयारी गर्दै गर्दा लु २ ख ४५०१ नम्बरको टिपर सहित चार जनालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । ५ लाख बराबरको १ सय ४२ क्युफिट ४० थान सालका गोलिया सहित झबिन्द्र बगाले,गङ्गा बहादुर बुढा, रोहित घले र प्रेम बहादुर थापालाई पक्राउ गरीएको बताइएको छ । बरामद काठ र तस्करीमा संलग्न चारै जनालाई थप कार्बाहीका लागि डिभिजन बन कार्यालय वेलहिया पठाइएको प्रहरीले जानकारी दिएको छ ।