Devdaha Tv | राजनीति
आषाढ ७ २०७८ | 2021 Jun 21

अनेरास्ववियु र व्यापारीक संगठनको विज्ञप्ती जुहारी

1 week ago
अनेरास्ववियु-र-व्यापारीक-संगठनको-विज्ञप्ती-जुहारी

जेठ २७ । बजार अनुगमनको बिषयलाई लिएर अनेरास्ववियु र व्यापारीक संगठन बिच जुहारी चलेको छ । कालोबजारी भएको भन्दै अनेरास्ववियु देवदहले बजार अनुगमन गरेको बिषयलाई लिएर बुधबार व्यापारीक संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै आपत्ती जनाएका थिए । अनुगमनको नाममा व्यापारीलाई हतोत्साही गराएको व्यापारीक संगठनको आरोप थियो । उनिहरुले अनुगमन रोक्न प्रशासनको ध्यानाकर्षण पनि गराएको थियो । बिहिबार व्यापारीक संगठनको काउन्टरमा अनेरास्ववियु रुपन्देहीले विज्ञप्ती जारी गर्दै महंगी र कालावजारीको प्रत्यक्ष सर्वेक्षण निकायको अनुमति खोज्न जानु नपर्ने बताएको छ । अनेरास्ववियु जिल्ला संयोजक साजन भण्डारीले हस्ताक्षर गरेको बिज्ञप्तीमा व्यापारीलाई लुट्न नगएको उल्लेख गरेको छ । “आम जनताका समस्याहरुको आवाज बुलन्द गरेको हो, कुनै व्यापारीलाई लुट्न गएको होइन । व्यापारीहरुवाट भएका कमिकमजोरी र गल्तीहरुलाई सुधारका निम्ती अनुरोध गर्ने र तोकिएको मुल्यसूची भन्दा वढी रकम असुली नगर्न अपिल गर्नुको सट्टा व्यापारीहरुलाई हतोत्साहित गराएको भनेर मिडियाबाजी गर्नु अत्यन्तै खेदजनक रहेको छ” । बजार अनुगमनका बिषयलाई लिएर देवदह नगरपालिकाले भने कुनै धारणा सार्वजनिक गरेको छैन । कोरोना भाइरस नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जारी रहेको समयमा देवदहमा भने प्रशासनलाई नै चुनौती दिदै व्यापारीक संगठन र अनेरास्ववियु दोहोरीमा उत्रेका छन ।