Devdaha Tv | राजनीति
आषाढ ७ २०७८ | 2021 Jun 21

अनेरास्ववियुले गरेको बजार अनुगमन प्रति व्यापारीक संस्थाको आपत्ती

1 week ago
अनेरास्ववियुले-गरेको-बजार-अनुगमन-प्रति-व्यापारीक-संस्थाको-आपत्ती

जेठ २६ । रुपन्देहीको देवदहमा रहेका व्यापारीक संघ संस्थाहरुले अनेरास्ववियु देवदहले गरेको बजार अनुगमन प्रति आपत्ती प्रकट गरेका छन । बुधबार देवदहमा रहेका तीन वटा व्यापारीक संस्थाले संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै व्यापारीलाई हतोत्साहि गर्ने कार्य गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । व्यापारीक संस्थाहरुले सम्बन्धित निकायको सहमति र निर्देशन विना गरीने अनुगमन तत्काल रोक्न माग गरेका छन । देवदह व्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङ, उद्योग व्यापार संघका अध्यक्ष गणेश कुमारी खाती र उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल प्रसाद ढकालले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा वदमासी गर्ने व्यापारीलाई प्रमाण सहित स्थानिय प्रशासनलाई बुझाए प्रचलित कानुन अनुसार कार्वाही गर्न सघाउने प्रतिवद्धता जनाइएको छ । विज्ञप्तीमा भनिएको छ “सम्बन्धित निकायको सहमति र निर्देशन विना गरीने क्रियाकलापहरु तुरुन्त रोक्न स्थानिय सरकार र स्थानिय प्रशासनको ध्यानाकर्षण गराउँदै यस्ता कार्यहरुमा तत्काल रोक लगाउन माग गर्दछौं । साथै वदमासी गर्ने व्यवसायीलाई सप्रमाण सम्विन्धित निकायमा पेश गरेका खण्डमा कानुन बमोजिम कार्वाहीका लागि पुर्ण रुपमा सघाउने प्रतिवद्धता व्यक्त गर्दछौं” ।