Devdaha Tv | समाचार
आषाढ ७ २०७८ | 2021 Jun 21

अनलाइन मिडिया क्लब देवदह गठन, अध्यक्षमा बिष्णु पोखरेल

1 week ago
अनलाइन-मिडिया-क्लब-देवदह-गठन,-अध्यक्षमा-बिष्णु-पोखरेल

जेठ २६ । अनलाइन मिडिया क्लब देवदह गठन भएको छ । देवदहबाट सञ्चालन हुने अनलाइन पत्रिकामा कार्यरत पत्रकारहरुको भेलाले बुधबार बिष्णु पोखरेलको अध्यक्षतामा क्लब गठन गरेको हो । क्लबको उपाध्यक्षमा ध्रुब लामिछाने, सचिवमा निर्मल थापा, सह–सचिवमा ललिता घिमिरे र कोषाध्यक्षमा प्रदिप भट्टराई रहेका छन । क्लबको सदस्यहरुमा सुरज भट्टराई, राहुल देव सापकोटा, भरत नेपाली, बन्दना काफ्ले, संजय गुरुङ र सुरज बस्याल चयन भएका छन । क्लब १३ सदस्यीय कार्यसमितीमा दुई जना सदस्य पछि मनोनयन गर्ने गरि रिक्त राखिएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिती सदस्य टंक सुनारले नव गठित क्लबका पदाधिकारीहरुलाई सुभकामना दिदै पत्रकारीता पेशालाई थप मर्दादित बनाउन क्लबले भुमिका खेल्ने विश्वास व्यक्त गरे । अहिलेको युग डिजिटल युग भएकाले नेपाली पत्रकारीता क्षेत्र पनि विस्तारै डिजिटल प्लाटफर्मममा जान थालेको बताए । क्लबले अनलाइन पत्रकारीतालाई थप शसक्त ढंगले अघि वढाउन मद्धत गर्ने अध्यक्ष पोखरेलले बताए ।