Devdaha Tv | समाचार
आषाढ ७ २०७८ | 2021 Jun 21

देवदहमा एक पुरुषको वेवारिसे शव फेला

1 week ago
देवदहमा-एक-पुरुषको-वेवारिसे-शव-फेला

जेठ २५ । रुपन्देहीको देवदहमा एक पुरुषको वेवारिसे शव फेला परेको छ । मंगलबार अन्दाजी ५५ बर्षको जस्तो देखिने पुरुषको शव देवदह–५ खैरेनी बजार क्षेत्रमा फेला परेको हो । कुर्चीमा बसिरहेको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ । शव पोष्ट मार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक दिपक महतले जानकारी दिनु भयो । शवको पहिचान खुल्न सकेको छैन । थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।