Devdaha Tv | राजनीति
आषाढ ७ २०७८ | 2021 Jun 21

युवा संघले १ सय १५ विपन्नको चुल्हो बाल्यो

2 weeks ago
युवा-संघले-१-सय-१५-विपन्नको-चुल्हो-बाल्यो

जेठ २१ । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ देवदहले हाल सम्म १ सय १५ घर धुरीलाई राहत वितरण गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाका कारण समस्यामा परेका देवदह ४,६,१०,११ र १२ नम्बर वडाका विपन्न बर्गलाई खाद्य सामाग्री हस्तान्तरण गरीएको युवा संघका नेता विकास गहतराजले जानकारी दिनु भयो । राष्ट्रिय युवा संघले केही समय अघि देखि राहात वितरण कार्यक्रम सुरु गरेको थियो । निषेधाज्ञाका कारण निम्न बर्गका मानिसहरु रोग संगै भोक संग जुध्नु पर्ने बाध्यमा परेका छन । अधिकांशको रोजगारी गुमेको छ भने व्यापार व्यवसाय पनि बन्द भएका छन । राहात वितरण कार्यक्रममा युवा संघका नेताहरु अजय रौनियार, रमेश खरेल, कृष्ण केसि, केशव गुरुङ लगायतको सहभागिता रहेको थियो ।