Devdaha Tv | समाचार
आषाढ ७ २०७८ | 2021 Jun 21

रुपन्देहीमा निषेधाज्ञाको समय थपियो, जेठ ३१ गते सम्म लागु हुने 

2 weeks ago
रुपन्देहीमा-निषेधाज्ञाको-समय-थपियो,-जेठ-३१-गते-सम्म-लागु-हुने-

जेठ २० । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जेठ ३१ ग्ते सम्म लागु हुने गरी निषेधाज्ञाको समय थप गरेको छ । बिहिबार बसेको जिल्ला स्तरीय कोभिड संक्रमण व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणको प्रभावलाई मध्यनजर गरी जारी निषेधाज्ञालाई जेठ मसान्त सम्म थप गर्ने निर्णय गरेको हो । बैठकले वर्षायाममा पहाडी जिल्लाहरुमा खाद्यान्य ढुवानी गर्न समस्या हुने भएको हुदाँ व्यवसायी तथा सुरक्षाकर्मीको समन्वयमा स्वास्थ्य मापदण्ड अपनाई रातको समयमा ढुवानी गर्न दिने निर्णय गरेको छ । बर्षातको समयमा वाढी पहिरोका कारण खाद्यान्न ढुवानीमा समस्या हुने भएकाले रातको समयमा ढुवानी गर्न छुट दिने मौखिक सहमती भएको हो । यस अवधिमा सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध , विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, व्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधी, खाद्यान्न लगायत अत्यावश्यक सामाग्री सञ्चालन हुने बताइएको छ । जिल्ला भित्र सबै प्रकारका निजि तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ । कुनै पनि भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरिएको छ । सबै प्रकारका सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठि, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टर स्टोर, सपिङ्ग मल, ब्यूटिपार्लर र स्विमिङ्ग पुल, स्पा, संग्रहालाय, पुस्तकालाय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाईएको छ । त्यस्तै पराम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा वाहेकका सम्पूर्ण धार्मिक, साँस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघटमा पनि प्रशासनले रोक लगाएको छ । शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्युसन सेन्टर लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न तथा होटल, रेष्टुरेन्ट सञ्चालन गर्न रोक लगाईएको छ ।