Devdaha Tv | समाचार
आषाढ ७ २०७८ | 2021 Jun 21

राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो स्थापना दिवशको अवशरमा दिप प्रज्वलन

2 weeks ago
राष्ट्रिय-दलित-पत्रकार-संघ-नेपालको-दोस्रो-स्थापना-दिवशको-अवशरमा-दिप-प्रज्वलन

जेठ १८ । राष्ट्रिय दलित पत्रकार संघ नेपालले आफ्नो दोस्रो स्थापना दिवशको अवशरमा दिप प्रज्वलन गरेको छ । मंगलबार बुटवलमा संघको लुम्बिनी प्रदेश शाखा र रुपन्देही जिल्ला शाखाको संयुक्त आयोजनामा कोरोना संक्रमणका कारण मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जली र उपचाररत संक्रमितहरुको स्वास्थ्य लाभको कामना गर्दै दिप प्रज्वलन गरेको हो । दिप प्रज्वलन कार्यक्रममा बोल्दै संघका केन्द्रिय अध्यक्ष विनोद पहाडीले छिट्टै अवस्था सहज हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले कोरोना महामारीका कारण ज्यान गुमाउने पत्रकारको परिवारलाई तीनै तहका सरकारले राहातको व्यवस्था गर्नु पर्ने उहाँको माग छ । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय अध्यक्ष गोविन्द खनालले लोकतन्त्र धरापमा परेको उल्लेख गर्दै लोकतन्त्र रक्षा गर्ने जिम्मेवारी पत्रकारहरुको काधमा आएको बताउनु भयो । उहाँले समाजको पिधमा परेको समुदायको उत्थानका लागि शान्ति समाजले विगत लामो समय देखि काम गर्दै आइरहेको बताउनु भयो । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष रामराज पोख्रेलले पत्रकार महासंघ रुपन्देहीमा दुई जना पदाधिकारी र दुई जना कार्यसमिती सदस्य गरी चार जना दलित समुदायबाट प्रतिनिधित्व गर्ने पत्रकारहरु रहेको उल्लेख गर्दै महासंघ सधैँ पछाडी पारिएको समुदायको पक्षमा रहेको बताउनु भयो । दलित पत्रकार संघका केन्द्रिय उपाध्यक्ष विनोद परियारले संघमा देशैभरका दलित समुदायका पत्रकारहरुको सहभागिता रहेको बताउनु भयो । समाजमा तल्लो तहमा परीएको समुदायका पत्रकारहरुको संगठन निर्माणमा लाग्ने सबैलाई उहाँले धन्यवाद पनि ज्ञापन गर्नु भयो । कार्यक्रम संघका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सचिव सञ्जय सौगात बिश्वकर्माको अध्यक्षता र रुपन्देही शाखा अध्यक्ष टंक सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।