Devdaha Tv | राजनीति
आषाढ ७ २०७८ | 2021 Jun 21

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा विपक्षी गठवन्धनका पाण्डेय विजयी

2 weeks ago
लुम्बिनी-प्रदेशको-राष्ट्रिय-सभा-निर्वाचनमा-विपक्षी-गठवन्धनका-पाण्डेय-विजयी

जेठ १७ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा विपक्षी गठवन्धनका दृगनारायण पाण्डेय विजयी हुनु भएको छ । सोमबार सम्पन्न मतदानमा एमालेका उम्मेदवार चन्द्रब हादुर खड्कालाई ५२८ मतभारले हराउँदै नेपाली कांग्रेस सहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी (उपेन्द्र पक्ष) र राष्ट्रिय जनमोर्चा सम्मिलित विपक्षी गठवन्धनका उमेद्धार पाण्डेय निर्वाचित हुनु भएको हो । पाण्डेयले ४ हजार १४० मतभार प्राप्त गर्नु भएको थियो भने खड्काले ३६१२ मतभार प्राप्त गर्नु भयो । स्थानीय तहमा नेकपा एमालेका खड्काले ९४ मत ल्याउँदा विपक्षी गठवन्धनका उम्मेदवार पाण्डेयले ११८ मत प्राप्त गर्नु भयो । यस्तै प्रदेश सभाबाट खड्काले ४० र पाण्डेयले ४२ मत प्राप्त गर्नु भएको छ । जबकी नेकपा एमालेका ३८ जना र जसपा (महन्थ ठाकुर पक्ष) का ४ सांसद गरी ४२ मत थियो । एमाले (माधव) पक्षका २ जनाले विपक्षी गठबन्धनमै मत दिएको पुष्टि हुन्छ । यद्यपि प्रदेशसभाका ८३ मतदातामध्ये १ जनाको मत भने बदर भएको छ । यस्तै गरी स्थानीय तहका २१७ जनामध्ये २१४ मत खसेको थियो । जसमा १ जनाको मत बदर भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका खड्कालाई राष्ट्रिय सभा सदस्य पद माओवादीले कारवाही गर्दा रिक्त बनेको थियो । सोही रिक्त पदमै उपनिर्वाचन भएको हो । स्थानीय तहतर्फ नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवल शमशेर राणाले निर्वाचन बहिष्कार गर्नु भयो । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह र गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले मतदान नगरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । विरामी भएका कारण शाह र थापा मतदानमा सहभागी नहुनु भएको हो । राष्ट्रय सभामा निर्वाचित पाण्डे केही समय अघि मात्रै एमाले परित्याग गरेर नेपाली काग्रेसमा प्रवेश गर्नु भएको थियो ।