Devdaha Tv | राजनीति
आषाढ ७ २०७८ | 2021 Jun 21

स्थापना दिवशमा स्वास्थ्य सामाग्री हस्तान्तरण

3 weeks ago
स्थापना-दिवशमा-स्वास्थ्य-सामाग्री-हस्तान्तरण

जेठ १५ । राष्ट्रिय प्रजातान्त्र पार्टी राप्रपाको ३१ औ स्थापना दिवसको उपलक्ष्यमा राप्रपा बुटवलले कोरोना संक्रमित र उपचारमा संङ्लग्न स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । शनिबार लुम्बिनी प्रादेशिक अस्पताल र कोरोना अस्थाई अस्पताल धागो कारखाना बुटवलमा उपचाररत बिरामीका साथै स्वास्थ्यकर्मीलाई स्वाथ्य सामाग्री र रोग प्रतिरोधात्मक आर्युवेदिक औषधि वितरण गरीएको सो पार्टीले जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसिन डाक्टर नन्दु पाठक र बालरोग विशेषज्ञ डा.नेत्र रानालाई संयुक्त रुपमा उक्त सामाग्री हस्तान्तरण गरीएको राप्रपा केन्द्रिय सदस्य तोयानाथ लम्सालले बताउनु भयो । सो अवशरमा राप्रपा केन्द्रिय सदस्यहरु तोयानाथ लमसाल र ईर्शाद आलाम मियाँ सो पार्टीको रुपन्देही क्षेत्र न ः २ सचिव लक्ष्मण श्रेष्ठ, प्रदेश सभाः २ (क) संयोजक मित्रलाल कुवर प्रदेश सभा २ (ख) संयोजक शंकर न्यौपाने, क्षेत्र न ः १ प्रदेश सभा (क)  संयोजक कमल गौतम, बुटवल नगर अध्यक्ष निरज प्रताप खाण, देवदह नगर अध्यक्ष माधव रीमाल बुटवल–५ का अध्यक्ष विनय कौशोधन राप्रयुस केन्द्रिय सदस्य ज्ञानु तिवारी र महिला नेतृ भगवती पाण्डेको सहभागिता रहेको थियो ।