Devdaha Tv | राजनीति
आषाढ ७ २०७८ | 2021 Jun 21

राष्ट्रिय युवा संघ देवदहले राहात विरण सुरु गर्यो 

3 weeks ago
राष्ट्रिय-युवा-संघ-देवदहले-राहात-विरण-सुरु-गर्यो-

जेठ १४ । राष्ट्रिय युवा संघ देवदहले राहात वितरण सुरु गरेको छ । स्थानिय प्रशासनले जारी गरेको निशेधाज्ञाका कारण मर्काका परेका विपन्न समुदायलाई लक्षित गरेर देवदह–६ बाट राहात वितरण सुरु गरीएको युवा संघका नेता विकास गहतराजले जानकारी दिनु भयो । युवा संघमा आवद्ध युवाहरुको अगुवाईमा स्थानिय व्यवसायीहरु संगको सहकार्यमा राहात वितरण गर्न लागिएको उहाँले बताउनु भयो । रोग संग भोक संग पनि लड्नु पर्ने अवस्था आएका कारण अति प्रभावित परिवालाई राहात वितरण गरीएको संघले जनाएको छ । खाद्यान्न अभाव भए आफुहरुलाई सम्पर्क भए आफुहरुलाई सम्पर्क गर्न पनि युवा संघले आग्रह गरेको छ । दाल चामल चिउरा तेल लगायतका खाद्य सामाग्री वितरण गरीएको बताइएको छ । राहात विरतरण कार्यक्रममा देवदह नगरउपप्रमुख विद्यालक्ष्मी गुरुङ र देवदह–६ का वडा अध्यक्ष दामोदर क्षेत्रीको पनि सहभागिता रहेको थियो ।