Devdaha Tv | राजनीति
आषाढ ७ २०७८ | 2021 Jun 21

अघि अघि संकट पछि पछि राप्रपा

3 weeks ago
अघि-अघि-संकट-पछि-पछि-राप्रपा

जेठ १२ । कोरोना महामारीको दोस्रो लहरका कारण जनजिवन अस्तव्यस्त भएको छ । अस्पतालमा संक्रमितको लाम छ, प्राणवायू अक्सिजन अभाव छ, चिकित्सकहरु स्वयम संक्रमित छन, प्रत्येक घरमा विरामी छन, रोग संगै भोकले पनि च्याप्न थालेको छ । निार्वचनको समयमा ठुला ठुला सपना लेखिएको पर्चा लिएर घर घरमा पुग्ने राजनैतिक दल र तिनका नेताहरु संकटको समयमा दुलो घुसेका छन । नेताहरुमा घरमा बसेर राजनैतिक टिकाटिप्पणी गर्दै बसिरहेका छन । जनताले राजनैतिक दलको खोजी गरीरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी देवदहले संकट व्यवस्थापनमा उल्लेख्य काम गरेको छ । रुपन्देहीको देवदह राप्रपाको त्यति ठुलो जनधार भएको क्षेत्र पनि होइन यद्धपि ठुला पार्टी व्यापक खोजी भइरहेको अवस्थामा सो पार्टीले गरेको काम भने प्रशंसा योग्य छ । राप्रपा देवदहले संकटको सुरुवाती चरणमै पार्टीले निर्णय नै गरेर केन्द्रिय सदस्य तोयाना लम्साल र नगर अध्यक्ष माधव रीमालको नेतृत्वमा टिम परिचालन गरेको थियो । राप्रपा देवदहले सञ्चालन गरेको विरामी बोक्ने सवारीका कारण विरामीको उपचारमा सहजता थपिएको छ । जिल्ला प्रशाषनले जारी गरेको निषेधाज्ञाका कारण सवारी साधन ठप्प छ । एम्बुलेन्सलाई संक्रमित बोक्दै फुर्सद छैन पाइदै पाइदैन पाइहाले पनि चर्को भाडा विपन्नले तिर्न सक्ने अवस्था छैन । राप्रपाले सञ्चालन गरेका निशुल्क सवारीका कारण विपन्न समुदायलाई ठुलो राहात पुगेको छ । राप्रपाले सञ्चालन गरेको सवारीले दैनिक १५–२० जना विरामीलाई अस्पताल पुर्याउने गरेको छ । सवारी सञ्चालनमा राप्रपाका नेता कार्यकर्ताहरु नै खटिएका छन । राप्रपा देवदहले कोरोना संक्रमितहरुको घर घरमै पुगेर रोग प्रतिरोधात्मक आर्युवेदिक औषधि वितरण पनि गरेको छ । यसले संक्रमितको मनोवल वढाउन पनि मद्धत गरेको छ । राप्रपा देवदहले अक्सिजन अभावमा रहेका संक्रमितको सहजताका लागि अक्सिजन व्यवस्थापनको काम पनि गरेको छ । राप्रपाका नेता कार्यकर्ताहरुको संङ्लग्नतामा अक्सिजन व्यवस्थापनको काम भएको सो पार्टीले जनाएको छ ।