Devdaha Tv | राजनीति
आषाढ ७ २०७८ | 2021 Jun 21

कांग्रेसले पार्टी कार्यालय आइसोलेसनका निर्माणका लागि दिने

1 month ago
कांग्रेसले-पार्टी-कार्यालय-आइसोलेसनका-निर्माणका-लागि-दिने

वैशाख २४ । नेपाली काँग्रेस रुपन्देहीले पार्टी कार्यालय कोरोना अस्पताल निर्माण गर्न दिने भएको छ । कोरोना महामारिको दोस्रो चरण समुदाय स्तरमा फैलिरहेको र अस्पतालहरुमा बिरामिको लागि बेड अभाब भैरहेको भन्दै आइसोलेसनको लागि कार्यालय उपलब्ध गराउन लागिएको पार्टी सभापति अब्दुल रज्जाकले जानकारी दिनु भयो । भैरहवा स्थित भिम अस्पतालको पछाडी रहेको कांग्रेसको जिल्ला कार्यालयमा दुई वटा हल, एघार वटा कोठा सहितको दुइतले कम्पाउन्ड सहितको भवन रहेको छ । उक्त भनवन आइसोलेसन निर्माणको लागि स्थानिय तह, प्रदेस सरकार, केन्द्र सरकार वा अन्य कुनै गैर नाफामुखी सस्थाले लिन चाएको खण्डमा तत्काल प्रयोगमा दिने ब्यवस्था मिलाइएको सो पार्टीले जनाएको छ ।