Devdaha Tv | समाचार
आषाढ ७ २०७८ | 2021 Jun 21

रुपन्देहीमा अस्पतालमा वेड नपाउँदा दुई जना संक्रमितको ज्यान गयो

1 month ago
रुपन्देहीमा-अस्पतालमा-वेड-नपाउँदा-दुई-जना-संक्रमितको-ज्यान-गयो

वैशाख २४ । रुपन्देहीमा अस्पतालमा वेड नपाउँदा दुई जना संक्रमितको ज्यान गएको छ । शुक्रबार बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र भीम अस्पताल भैरहवाको आकस्मिक कक्षमा वेड नपाएर दुई पुरुषको मृत्यु भएको हो । ज्यान गुमाउनेमा ४४ बर्षिय बुटवल उपमहानगरपालिकाका पुरुष वडा सदस्य र पाल्पा भुवनपोखरी घर भई हाल बुुटवलमा बस्ने ३२ वर्षीय पुरुष रहेका छन । एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएका बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिको अस्पतालमा वेड नपाए पछि होम आइसोलेसनमै राखिएको थियो । श्वासप्रश्वासमा समस्या भए पछि एम्बुलेन्समा राखेर मणिग्रामस्थित क्रिमसन, भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेज चाहार्दा चाहार्दै मृत्यु भएको परिवारका सदस्यले बताएका छन । यस्तै पाल्पाका युवाको भीम अस्पतालको आकस्मिक कक्षमै मृत्यु भएको हो । ३ दिन अघि कोरोना संक्रमित भएका उनी बुधबार भीम अस्पताल भर्ना भएका थिए । अस्पतालको भुइँमै उपचार गरेका उनलाई श्वासप्रश्वासमा समस्या देखिए पछि तुरुन्तै आईसीयूमा राख्नुपर्ने भए पनि बेड नपाए पछि शुक्रबार बिहान मृत्यु भएको परिवारले बताएका छन । राति देखि बिरामीलाई अक्सिजनले थेग्न नसके पनि अस्पतालले समयमा बेड उपलब्ध नगराउँदा बिरामीको मृत्यु भएको आफन्तको भनाइ छ । अस्पतालमा अक्सिजन र बेड दुवैको अभाव भएकाले उपचारमा समस्या भएको सूचना अधिकारी डा.नारायण पोखरेलले बताउनु भयो । यो सहित रुपन्देहीमा पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएको छ । यो सँगै रुपन्देहीमा हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २५३ पुगेको छ ।