Devdaha Tv | राजनीति
आषाढ ७ २०७८ | 2021 Jun 21

संभावित संक्रमणको जोखिमलाई कम गर्न निषेधाज्ञाको पालना गर्न एमालेको आग्रह 

1 month ago
संभावित-संक्रमणको-जोखिमलाई-कम-गर्न-निषेधाज्ञाको-पालना-गर्न-एमालेको-आग्रह-

बैशाख २३ । नेकपा एमाले देवदह नगर कमिटीले संभावित संक्रमणको जोखिमलाई कम गर्न निषेधाज्ञाको समय घरमै बसी सावधानी अपनाउन अपिल गरेको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गरेर अत्यावश्यक अवस्थामा वाहेक घर वाहिर ननिस्कन आग्रह गरेको हो । सो पार्टीका नगर अध्यक्ष प्रकाश अर्याल र सचिव मन कुमार कनौजेद्धारा हस्ताक्षरित विज्ञप्तीमा कोरोना संक्रमितको औषधोउपचारको व्यवस्था गर्न माग गरीएको छ । साथै कोभिड भ्याक्सीनको तत्काल व्यवस्था गर्न सरकार संग माग गरीएको छ । बिज्ञप्तीमा “संकटको बेलामा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन तथा सहज एवम सरल आपुर्तिको व्यवस्था मिलाउन सम्बन्धित सबै पक्षसँग आग्रह गर्दै कालोबजारी हुन नदिन आवश्यकता अनुसार अनुगमनलाई प्रभावकारी बनाउन समेत अनुरोध गर्दछौं । संकटको यस घडीमा हरेक नागरिकहरुमा कुनै प्रकारले विचलित नहुन र धैर्यता अपनाउदै विषम परिस्थिति संग सकारात्मक दृष्टिकोण सहित एकताबद्ध भएर सामना गर्न समेत अनुरोध गर्दछौं” । भनिएको छ । सो पार्टीले विदेशबाट आएका व्यक्तिहरुको बारेमा सम्बन्धित निकायलाई जानकारी दिन स्थानिय राजनैतिक दलका नेता संघ संस्थाका प्रतिनिधि र पत्रकारलाई आग्रह गरेको छ । “वर्तमान समयमा कोराना विरुद्धको लडाई र व्यवस्थापन नै प्रमुख कार्यभार हो । तर पनि कोरोना महामारी लामो समय सम्म रहन सक्ने तर्फ ध्यान दिदै परिथिती अनुकुल हुने वित्तिकै वा आवश्यक व्यवस्थापन गरेर सम्भव भए सम्म स्वास्थ्य मापदण्ड र अन्य आवश्यक मापदण्ड पालना गर्दै भिडभाड हुन नदिने व्यवस्था मिलाएर भुमि समस्या सामाधानका लागि जग्गा नापि, विकास निर्माण,उद्योग संचालन र कृषि उत्पादनका कामहरुलाई समेत अगाडि बढाउने तर्फ स्थानीय सरकार, भुमि आयोग र सम्बद्ध सबैको ध्यानाकर्षण गर्दछौं” । बिज्ञप्तीमा भनिएको छ । देवदह नगरपालिकाले संञ्चालनमा ल्याएको अस्थाई कोरोना अस्पतालमा वेड थप गर्न र आ.सि.यू सञ्चालनको माग समेत गरेको छ ।