Devdaha Tv | समाचार
आषाढ ७ २०७८ | 2021 Jun 21

तिलोत्तमाको नगरप्रमुख र उपप्रमुखले प्रयोग गर्ने सरकारी गाडी एम्वुलेन्स बनाइयो 

1 month ago
तिलोत्तमाको-नगरप्रमुख-र-उपप्रमुखले-प्रयोग-गर्ने-सरकारी-गाडी-एम्वुलेन्स-बनाइयो-

बैशाख २३ । कोरोना संक्रमितको संख्या वढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख र उपप्रमुखले प्रयोग गर्दै आएको सरकारी गाडी संक्रमितका लागि एम्बुलेन्सको रुपमा प्रयोग हुने भएको छ । नगर प्रमुख बासुदेव घिमिरेले प्रयोग गर्दै आएको लु १ झ ३६० नम्बरको स्कार्पियो र उपप्रमुख जागेश्वरी चौधरीले प्रयोग गर्दै आएको लु १ झ ३२६ नम्बरको स्कार्पियो गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न लागिएको हो । नगरबासिले एम्बुलेन्स नपाइरहेको अवस्थामा आफुहरुले गाडी चढ्न नैतिकताले नदिने नगरप्रमुख घिमिरेले बताउनु भयो । गाडीमा सिट र अक्सिजन सिलिण्डर व्यवस्थापन भईरहेको र विहिबार देखि नै एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याइने उहाँले जानकारी दिनु भयो । तिलोत्तमा नगरपालिकाले यस अघि वडा नं १ शंकरनगर बनबाटिकामा रहेको स्वास्थ्य चौकीलाई अन्यत्र व्यवस्थापन गरि अक्सिजन सहितको आईसोलेसन अस्पतालको रुपमा संचालनमा ल्याईसकेको छ । दैनिक एक सय देखि २ सय सम्म संक्रमित थपिदै गईरहेको तिलोत्तमा नगरपालिका रुपन्देहीको बुटवल उपमहानगर पछि सबै भन्दा धेरै संक्रमित भेटिएको पालिका समेत हो ।